५ देखि ११ वर्षका बालबालिकालाई भोलिदेखि ‘फाइजर’ खोप दिईने

पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम
नौलो समाचार संवाददाता
२०७९ अषाढ ८, बुधबार मा प्रकाशित ५६५ पटक पढिएको
५ देखि ११ वर्षका बालबालिकालाई भोलिदेखि ‘फाइजर’ खोप दिईने

असार ८, काभ्रे। सरकारले देशभरका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने भएको छ।

भोलि ९ गतेदेखि बालबालिकालाई कोभिड विरुद्धको खोप प्रदानका गर्नका लागि विद्यालयमा खोप केन्द्र तोकी दुई चरणमा खोप अभियान सञ्चालन हुने छ।

पहिलो चरणमा काभ्रेसहित २७ जिल्लामा खोप कार्यक्रम संचालन गरिदैछ। असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म सञ्चालन हुनेछ।

काभ्रेका सबै पालिकाहरुमा खोप कार्यक्रम संचालनका लागि सबै तयारी पुरा भैसकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषोत्तम शेडाईले जानकारी दिनुभयो।

यता पनौती क्षेत्रका १२ वटै वडामा पनि खोप कार्यक्रमको सबै पुरा गरिएको पनौती नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले बताउनुभएको छ।

यस्तै दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र त्यही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ। अनुसन्धान अनुसार खोप सुरक्षित रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ।

केन्द्रीय भण्डारणमा राखेर सङ्घ, प्रदेश र पालिकामा खोप वितरण गरिने छ। नेपालमा अहिलेसम्म ५ करोड ३३ लाख मात्रा खोप भित्रिसकेको छ। बाह्र वर्षभन्दा माथिका ८५ प्रतिशतलाई पहिलो, दोस्रो र बुस्टर मात्रा खोप प्रदान गरिसकेको र ९६ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस