२५ सय मेट्रिकटन युरिया मल विरगञ्ज आइपुग्यो, अर्को लटको २२ हजार मेट्रिक टन मल ७ दिनमा आईपुग्ने

नौलो समाचार संवाददाता
२०७९ अषाढ ९, बिहिबार मा प्रकाशित १६१२ पटक पढिएको

२५ सय मेट्रिकटन युरिया मल विरगञ्ज आइपुग्यो, अर्को लटको २२ हजार मेट्रिक टन मल ७ दिनमा आईपुग्ने

असार ९, काठमाडौं। २५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो।

बिहीबार मात्र विरगञ्ज आइपुगेको उक्त मल आजै जाँच पास भएर साल्टका विभिन्न क्षत्रीय तथा प्रादेशिक डिपोहरूमा वितरण भइसकेको साल्ट ट्रेडिङका क्षेत्रीय प्रवन्धक ब्रिजेशकुमार झाले जानकारी दिनुभयो।

बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको सात दिनमा सो मल समेत नेपाल भित्रिसक्ने झाले जानकारी दिनुभयो। आज मात्रै ५० हजार बोरा युरिया मल विरगञ्ज प्रवेश गरेको र ती मल साल्ट ट्रेडिङका विभिन्न डिपोहरूका लागि वितरण भइसकेका बताउदै उहाँले थप २२ लाख मेट्रिक टन मल समेत छिट्टै साल्टले नेपाल भित्र्याउँने जानकारी दिनुभयो।

यस्तै, यता विराटनगर भन्सार हुँदै केही रासायनिक मल समेत आयात हुँदै गरेको उहाँले बताउनुभयो।

कुल आयातको ३० प्रतिशत मलको जिम्मा साल्ट ट्रेडिङले पाएको हो। बाँकी ७० प्रतिशत मल आयात भने यता कृषि सामाग्री कम्पनी लिमिटेडले गर्नेछ।






प्रतिक्रिया दिनुहोस


↑