भुम्लु गाउँपालिकाको अभियान, घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण

नौलो समाचार संवाददाता
२०७९ अषाढ २९, बुधबार मा प्रकाशित ४८३ पटक पढिएको
भुम्लु गाउँपालिकाको अभियान, घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण

असार २९ काभ्रे। काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाले घट्टेखोलादेखि सल्लेसम्म वृक्षारोपण अभियान सुरु गरेको छ। महिनाको एकदिन सार्वजनिक श्रम अभियान अन्तर्गत आज (बुधबार) वृक्षारोपण गरिएको हो।

श्रम अभियानको पहिलो दिन दोलालघाट सल्ले सडक अन्तर्गत घट्टेखोला, डुम्रे खण्डमा सडकको दायाँबायाँमा रहेको अनावश्यक झाडीहरुलाई सफा पारिएको थियो भने आज कल्की जातको बिरुवा वृक्षारोपण गरी श्रम अभियानलाई निरन्तरता दिएको छ।
श्रम अभियान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षहरु, कर्मचारीहरु, विभिन्न संघसंस्थाहरु, नागरिक समाज र राजनीतिक दल लगायतको प्रतिनिधिहरु सहभागिता रहेको थियो।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले महिनाको एकदिन सार्वजनिक श्रम अभियान आज भुम्लु गाउँपालिकाको घट्टेखोलादेखि सल्लेसम्मको कालोपत्रे सडकको दायाँबायाँ वृक्षारोपण अभियान सुरु गरेको बताउनुभयो। अध्यक्ष भुजेलका अनुसार श्रम अभियान अन्तर्गत आगामी दिनहरुमा पनि पालिकाभित्र रहेको पाटी, पौवा, सडक, सार्वजनिक स्थल सरसफाई गर्ने बताउनुभयो।

अभियानमा उपस्थित भएकाहरुले पालिकाले शुरु गरेको अभियान राम्रो रहेको बताउँदै अभियानमा साथ दिन बताए। गाउँपालिकाले महिनाको एकदिन बिदाको दिन पारेर श्रम अभियान गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस