कोरोना काभ्रे: एकैदिन थपिए २१ जना संक्रमित, सबैभन्दा धेरै धुलिखेलमा

नौलो समाचार संवाददाता
२०७९ श्रावण १२, बिहिबार मा प्रकाशित ४५५ पटक पढिएको
कोरोना काभ्रे: एकैदिन थपिए २१ जना संक्रमित, सबैभन्दा धेरै धुलिखेलमा

साउन १२, काभ्रे। आज काभ्रेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

पछिल्लो २४ घण्टामा गरिएको १०७ जनामा गरिएको परीक्षणमा २१ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम राज सेढाईँले जानकारी दिनुभयो।

स्वास्थ्य कार्यालयका अनुसार आज ९ जना संक्रमित उपचारपछि संक्रमणमुक्त भएका छन्।

काभ्रेमा अहिले ८२ जना सक्रिय संक्रमित रहेका छन्।

काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेल नगरपालिकामा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ। जहाँ २५ जना महिला र १७ जना पुरुष गरी ४२ जना सक्रिय संक्रमित रहेका छन्।

बनेपामा १३ जना तथा पनौतीमा १२ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै पाँचखालमा ५ जना र नमोबुद्धमा १ जना संक्रमित रहेका छन्।

यस्तै चौंरीदेउराली गाउँपालिकामा ७ जना तथा बेथानचोकमा २ जना संक्रमित रहेका छन्। अन्य पालिकामा हालसम्म संक्रमितको संख्या शुन्य रहेको छ।


प्रतिक्रिया दिनुहोस