यस्तो छ, पनौती नगरपालिकाको १०० दिनको कामहरु

नौलो समाचार संवाददाता
२०७९ भाद्र १५, बुधबार मा प्रकाशित १४७२ पटक पढिएको

यस्तो छ, पनौती नगरपालिकाको १०० दिनको कामहरु

भदौ १५, काभ्रे। पनौती नगरपालिकाले आफ्नो एक सय दिनको उल्लेखनीय कार्यहरु सार्वजनिक गरेको छ। नगरपालिकाको आधिकारिक पेजमा नगरपालिकाले स्थानीय तहमा निर्वाचन भएपछिको १०० दिनको कामको विवरण प्रकाशित गरेको छ।

सय दिनमा गरेका उल्लेख्य कामहरुको विवरणको पहिलो बुदामा वडा नम्बर ७ मा काभ्रे उपत्यका खानेपानी वितरणको सुरुवात गरिएको उल्लेख छ।

यस्तै, समुदाय स्तरबाट पनौती वडा नम्बर १ मा पुरातात्विक धारो पुन:निर्माण गरिएको, घर-घरमै गएर जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परिक्षणको कार्य सुरुवात गरिएको उल्लेख छ।

किसानका गोठमै पुगेर पशुहरुका लागि खोप सेवा प्रदान गरिएको जनाईएको छ।

मोतिबिन्दु भएका नगरका नागरिकका लागि नि:शुल्क शल्यकिया सेवा उपलब्ध गराईएको र निरन्तर सेवा प्रवाहका लागि रेयुकाई आँखा अस्पताल बनेपासंग सम्झौता गरिएको उल्लेख छ। थप बुदाहरु निम्न रहेका छन्:

पनौती नगरपालिकाद्वारा जारी १०० दिनको कामहरुको विवरण:

प्रतिक्रिया दिनुहोस