आज विश्वकर्मा पूजा गरिँदै

नौलो समाचार संवाददाता
२०७९ आश्विन १, शनिबार मा प्रकाशित ७३९ पटक पढिएको

आज विश्वकर्मा पूजा गरिँदै

असोज १, काभ्रे। आज विश्वकर्मा दिवस मनाइँदैछ। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर दिवस मनाउने गरिन्छ। बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ।

आज पूजा गरी भोलि नदीमा लगेर मूर्ति सेलाइन्छ। आजका दिन कालीगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास छ।

आज इञ्जिन जडान भएका यन्त्र गाडीमा समेत पूजा आराधना गर्ने गरिन्छ।






प्रतिक्रिया दिनुहोस