मकवानपुर दुर्घटना: ७ जनाको मृत्यु, मापसे गरेका थिए चालकले

नौलो समाचार संवाददाता
२०७९ आश्विन ६, बिहिबार मा प्रकाशित ३५१ पटक पढिएको
मकवानपुर दुर्घटना: ७ जनाको मृत्यु, मापसे गरेका थिए चालकले

असोज ६ मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको यात्रु बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।

हेटौंडा-कुलेखानी-काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग अन्तर्गत जिल्लाको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा बिहीबार दिउँसो काठमाडौंबाट विरगंज आउँदै गरेको ना. ३ ख ७८५८ नंबरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको र भोमफेदी स्वास्थ्य केन्द्रमा उपचारको क्रममा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो।

घाइते मध्ये २३ जनालाई हेटौंडा ल्याइएको छ भने अन्यलाई काठमान्डौ लागिएको छ। हेटौंडा ल्याइएका मध्ये ४ जनालाई थप उपचारका लागी भरतपुर पाठाइएको हेटौंडा अस्पतालले जनाएको छ।

दुर्घटना भएको बस बल्खुबाट ३३ यात्रु लिएर आएको थियो। बसमा चालक र सहचालकसहित ३५ जना रहेको बसमा सवार घाइतेले बताएका छन्।

घाइतेका अनुसार चालकले कुलेखानीको एक होटलमा रक्सी खाएको र देउरालीको ओरालोमा तीव्र गतिमा बस चलाउँदा अनियन्त्रित भएर बस खसेको हो।

बस चालक फरार रहेको बुझिएको छ भने उक्त बसको रोड परमिट नभएको र अन्यत्रै चल्ने बस रिजर्व गरेर हेटौंडाका लागि छुटेको गाडीमा सवार घाइतेहरुले बताएका छन्।

दुई जना मृताकाको मात्र संखत भएको छ। सनाखत हुनेमा नुवाकोटका ३४ वर्षीय रघुराज न्यौपाने र बाराको झिप्कैयाका ३३ वर्षे अन्दुवा मियाँ ठकुराई रहेका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो। घाइते अधिकांश मधेस प्रदेश र भारतका रहेका छन्।


प्रतिक्रिया दिनुहोस