पनाैतीमा जिल्ला व्यापी नृत्य प्रतियोगिता सम्पन्न

नौलो समाचार संवाददाता
२०७९ कार्तिक २६, शनिबार मा प्रकाशित ३२२ पटक पढिएको
पनाैतीमा जिल्ला व्यापी नृत्य प्रतियोगिता सम्पन्न

कात्तिक २६, काभ्रे। जिल्ला व्यापी नेवारी नृत्य प्रतियोगिता सम्पन्न भएको छ।

पनाैतीमा सम्पन्न प्रतियोगितामा बिद्यासागर स्कुल बनेपा प्रथम, नमाेबुद्ध मावि धुलिखेल द्वितीय, ग्रेसल्याण्ड बाेर्डिङ स्कुल साँगा तृतीय तथा सुर्याेदय स्कुल पनाैतीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

विजयी विद्यालय तथा विद्यार्थीहरुलाई नगद तथा ट्रफी प्रदान गरिएको थियोे ।

कार्यक्रममा पनाैती नगरपालिका प्रमुख रामशरण भण्डारी प्रमुख अतिथि रहनुभएको थियो। विजयी विद्यालय तथा विद्यार्थीहरुलाई पनाैती नगरपालिकाका उप प्रमुख गिता बन्जाराले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा जिल्लाका २५ विद्यालय सहभागी थिए । प्रतियोगिता नेवा हलिं गुठीले आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस