काभेमा सुरु हुन सकेन मत गणना, पनौतीमा राती ११ बजेबाट, धुलिखेलमा अन्यौल

नौलो समाचार संवाददाता
२०७९ मंसिर ५, सोमबार मा प्रकाशित १४७५ पटक पढिएको
काभेमा सुरु हुन सकेन मत गणना, पनौतीमा राती ११ बजेबाट, धुलिखेलमा अन्यौल

मंसिर ५, काभ्रे। काभ्रेमा आजै साँझबाट सुरु गर्ने भनिएको मतगणना अझै सुरु हुन सकेको छैन।

दुईवटा निर्वाचन क्षेत्र रहेका काभ्रेका पनौती र धुलिखेलको मत गणनास्थलमा काम सुरु हुन सकेको छैन।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मतगणना आज राती ११ बजेदेखि सुरु हुने भएको छ। पनौतीको नगरपालिकाको सभा हलमा गणना हुने छ।

आज पनौती नगरपालिका सभा हल रहेको निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्बदलिय बैठकले राती ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो।

क्षेत्र नम्बर १ र २ को मत गणना गर्न आज बिहान सर्वदलीय बैठक बस्ने भनिए पनि बल्ल बल्ल साँझमा मात्र बैठक बसेको थियो।

पनौतीमा मतगणनाका लागि २ वटा तारजालीको घर अपुग भएको भन्दै अर्को नयाँ तारजाली घर थप्ने निर्णय भएको छ। सोहि कारणले गणना केहि अबेर हुने बताईएको छ। अहिले तारजाली बनाउने काम भैरहेको छ।

क्षेत्र नम्बर १ को मत गणना स्थल (पनौती नगरपालिकाको सभा हाल)

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को पनि मतगणना सुरू भएको छैन। मतगणना स्थल धुलिखेल शिक्षा तालिम केन्द्रमा साँझ ५ बजेपछि सुरु गर्ने भनी पनि ४ घण्टा हुन लाग्दा समेत अझै गणना सुरु हुन सकेको छैन।

वडागत रूपमा मतगणना गर्ने दलहरूबीच सहमति भएको छ। खास केहि विवाद नभए पनि २ ठाउँमा गणना गर्ने कि ३ तारजाली ठाउमा भन्ने अन्योल रहेको बुझिएको छ। यहाँ पनि राती अबेर गणना सुरु हुने देखिएको छ।


प्रतिक्रिया दिनुहोस