काभ्रे प्रतिनिधि सभा-२ बाट एमालेका गोकुल बास्कोटा बहुमतले विजयी

नौलो समाचार संवाददाता
२०७९ मंसिर ९, शुक्रबार मा प्रकाशित १२८७ पटक पढिएको

काभ्रे प्रतिनिधि सभा-२ बाट एमालेका गोकुल बास्कोटा बहुमतले विजयी

मंसिर ९, काभ्रे। काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार गोकुल बास्कोटा विजयी हुनुभएको छ।

लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार शिवप्रसाद हुमागाईं भन्दा ५ हजार ८६३ बढी मत ल्याएर बास्कोटा बिजयी हुनु भएको हो।

बास्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ प्राप्त गर्नुभयो।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाउनुभयो।

यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस