कोरोना परीक्षणपछि सेल्फ-क्‍वारेन्टाइनमा फिनल्यान्डकी प्रधानमन्त्री साना

नौलो समाचार संवाददाता
२०७७ बैशाख ११, बिहिबार मा प्रकाशित ४५६ पटक पढिएको
कोरोना परीक्षणपछि सेल्फ-क्‍वारेन्टाइनमा फिनल्यान्डकी प्रधानमन्त्री साना

बैशाख ११, फिनल्यान्ड । फिनल्यान्डका प्रधानमन्त्री साना मरिन सेल्फ-क्‍वारेन्टाइनमा बसेकी छन् ।

उनका एक कर्मचारी एक कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि उनले आफूलाई सेल्फ-क्‍वारेन्टाइनमा राखेकी हुन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उनलाई कोरोना जाँच गरिएको तर, कुनै लक्षण नदेखिएको बताइएको छ ।

३४ वर्षीया मरिनले सन् २०१९ डिसेम्बरमा फिनल्यान्डको प्रधानमन्त्री भएकी हुन् । कोरोना संक्रमण नियन्त्रणमा उनले चालेको कदमहरुको प्रशंसा भइरहेको छ ।

फिनल्यान्डमा हालसम्म चार हजार १२९ कोरोना संक्रमित फेला परेका छन् भने १४९ जनाको मृत्यु भएको छ । – बीबीसी


प्रतिक्रिया दिनुहोस