पनौती नैकिनटारमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

नौलो समाचार संवाददाता
२०७९ पौष १३, बुधबार मा प्रकाशित १३०१ पटक पढिएको

पनौती नैकिनटारमा मोटरसाइकलको ठक्करबाट बालिका गम्भीर घाइते

पुस १३, काभ्रे। पनौती नगरपालिका-५ नैकिनटारमा मोटरसाइकलले ठक्कर दिदा एक बालिका गम्भीर घाइते भएकी छिन्।

बनेपाबाट पनौती तर्फ जादै गरेको बा. प्र. २-०३३ प. ४१४४ नम्बरको मोटरसाइकलले पैदल यात्री ५ बर्षीय कृष्टीना बनमालीलाई ठक्कर दिएको हो।

घाईते कृष्टीनाको शीर मेमोरियल अस्पताल बनेपामा उपचार हुन नसकेपछि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।

बालिकाको टाउको र दाँया हातमा ठुलो चोट लागेको बताइएको छ।

गम्भीर घाइते कृष्टीना बुबा कान्छामान बनमालीसंगै पनौती नैकिनटारमा डेरा गरी बस्ने गरेका छन्। बनेपा नगरपालिका वडा नम्बर ८ घर भई हाल पनौती नैकिनटारमा डेरा गरी बस्ने गरेको बुझिएको छ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।






प्रतिक्रिया दिनुहोस


↑