अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

सफाई पाए पनि जेलमुक्त नहुने 
नौलो समाचार संवाददाता
२०७९ माघ ३, मंगलबार मा प्रकाशित १२४९ पटक पढिएको
अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ

माघ ३, तनहुँ। तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ। बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो।

जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी नपुगेको भन्दै सफाइ दिएको हो। पलसँगै उनका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिएको छ।

यसअघि बालिकालाई बलात्कार गरेको अभियोगमा पललाई तनहुँ र नवलपरासी जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

सफाई पाए पनि जेलमुक्त नहुने 

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि उनी तत्काल जेलमुक्त हुने छैनन् ।

बलात्कारको अभियोगमा जिल्ला अदालत नवलपुर र तनहुँमा शाहविरुद्ध मुद्दा चलेको थियो । नवलपुर अदालतले बलात्कार मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।सोही कारण नवलपुर अदालतले तोकेको सजाय काटेपछि मात्र शाह जेलमुक्त हुनेछन् ।

अधिवक्ता मुरारी सापकोटाका अनुसार नवलपुर अदालतबाट भएको फैसला भुक्तान गरेपछि मात्र शाह जेलमुक्त हुनेछन् । शाह करीब १० महिनायता थुनामा छन् । नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस