साहित्यकार थामीको मुक्तक संग्रह ‘मनका अक्षरहरू’ बजारमा

नौलो समाचार संवाददाता
२०७९ माघ ६, शुक्रबार मा प्रकाशित ५८५ पटक पढिएको

साहित्यकार थामीको मुक्तक संग्रह ‘मनका अक्षरहरू’ बजारमा

माघ ६, काभ्रे। साहित्यकार बाबुकाजी थामीले ‘मनका अक्षरहरू’ नामक मुक्तक संग्रह बजारमा ल्याएका छन् । यो उनको पहिलो कृति हो ।

मनका अक्षरहरूभित्र विविध भाव झल्कने एक सय एक ओटा मुक्तकहरू सङ्ग्रहित छन ।

चोटिला मुक्तक लेख्न सीपालु बाबुकाजी थामीका मुक्तकहरूमा देशप्रेम, समाजमा रहेका विकृति बिरुद्द असन्तोष , प्रेमप्रणयका सन्दर्भ , राजनैतिक बेथिति जस्ता बिषय रहेका छन ।

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं-२ का स्थायी बासिन्दा बाबुकाजी थापीका फुटकर रचना बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन ।

आफ्नो मातृभाषा मा समेत कलम चलाइरहेका उनको यो कृति अक्षरमार्गले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस