नमोबुद्धको भकुण्डेमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, स्थानीयले जलाईदिए बस

नौलो समाचार संवाददाता
२०७९ माघ १९, बिहिबार मा प्रकाशित ४५३ पटक पढिएको
नमोबुद्धको भकुण्डेमा बसले ठक्कर दिँदा बालिकाको मृत्यु, स्थानीयले जलाईदिए बस

माघ १९, काभ्रे। नमोबुद्ध नगरपालिका-७ भकुण्डेमा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।

आज बिहीबार दिउँसो बा२ख ७३४२ नम्बरको बसले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट ८ वर्षीया दिविसा अधिकारीको घटनास्थलमै मृत्यु हो।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्।

यतिबेला बिपी राजमार्ग अवरुद्ध गर्दै स्थानीयहरूले प्रदर्शन गरिरहेका छन्।

उक्त बस काठमाडौंबाट भकुण्डे खर्पाचोक तर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस