निर्माण व्यवसायीलाई पनौती नगरपालिकाको अनुरोध: निर्माण सामग्री स्टक राखी नबेच्नु

नौलो समाचार संवाददाता
२०७९ फागुन २२, सोमबार मा प्रकाशित ११४७ पटक पढिएको
निर्माण व्यवसायीलाई पनौती नगरपालिकाको अनुरोध: निर्माण सामग्री स्टक राखी नबेच्नु

फागुन २२, काभ्रे। काभ्रे जिल्लाको पनौती नगरपालिकाले निर्माण सामग्री स्टक राखी बिक्री नगर्न अनुरोध गरेको छ।

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै निर्माण सामग्री स्टकमा नबेच्न निर्माण व्यवसायीलाई अनुरोध गरेको हो।

पनौती नगरपालिकाको अनुसार नगर क्षेत्रभित्र र खोपासी पनौती सडक क्षेत्रमा घर निर्माण सामग्री स्टकमा राखेर विक्रि भइरहेको गुनासो आएपछि नगरपालिकाले निर्माण सामग्री स्टक राखी बिक्री नगर्न अनुरोध गरेको सुचनामा जनाइएको छ।

नगरपालिकाको निर्देशन अटेर गरेमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

पनौती नगरपालिकाद्वारा जारी सूचना:


प्रतिक्रिया दिनुहोस