नमोबुद्धका कृषकलाई कृषि उपकरण वितरण

नौलो समाचार संवाददाता
२०७९ फागुन २७, शनिबार मा प्रकाशित ११८२ पटक पढिएको

नमोबुद्धका कृषकलाई कृषि उपकरण वितरण

फागुन २८, काभ्रे। नमोबुद्ध नगरपालिकाले आलु बाली पकेट विकास कार्यक्रम लागू भएका विभिन्न वडाका ६ वटा कृषि सहकारी र समुहलाई कृषि उपकरण वितरण गरेको छ।

न्युनतम लगानीमा बढी उत्पादन र आम्दानी होस् भनेर ५० प्रतिशत अनुदानमा २० वटा मिनि पावर टिलर, ३४ वटा इलेक्ट्रिक स्प्रेयर र पानी तान्ने पम्प १० वटा वितरण गरिएको कृषि समितिका संयोजक समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिनुभयो।

नगर प्रमुख कुन्साङ लामाले कृषि सहकारी/समुहका प्रतिनिधीहरुलाई ती सामाग्री हस्तान्तरण गर्नुभयो। उहाँले अनुदान वितरणमा दोहोरोपन नहुने भन्दै सामाग्रीहरुको उचित प्रयोग गरी उत्पादन र आम्दानी बृद्धि गर्न अनुरोध गर्नुभयो। नगरपालिकाले फलफुल बगैंचा र माटो प्रयोगशाला स्थापनानको तयारी थालेको पनि जानकारी दिनुभयो।

नमोबुद्ध–८ स्थित उज्जवल कृषि सहकारी संस्था, नमोबुद्ध–२ स्थित गोल्मादेवी बहुउद्धेश्यीय सहकारी संस्था, नमोबुद्ध–४ स्थित कुशल महिला सहकारी संथ्स्था र वातावरण कृषक समुह, नमोबुद्ध–८ स्थित भकुण्डेवेशी विउ विजन सहकारी संस्था र नमोबुद्ध–७ स्थित सल्लेडोल कृषक समुहले ५० प्रतिशत अनुदानमा ती सामाग्री बुझेका हुन्।

कृषि शाखामा कार्यरत प्राविधिक सहायक नविन अधिकारीका अनुसार, कार्यक्रम लागू भएका ती समूह/सहकारीलाई २ वटा तालिम प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस