मोटरसाइकलको ठक्करबाट बेथानचोकका एक युवाकाको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ चैत्र ५, आईतबार मा प्रकाशित ४१३ पटक पढिएको
मोटरसाइकलको ठक्करबाट बेथानचोकका एक युवाकाको मृत्यु

चैत ५, काभ्रे। ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकलले ठक्कर दिएपछि मृत्यु साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर २ का ३४ वर्षीय बुद्ध तिमिल्सिनाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बागमती प्रदेश ०२-००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो । घाइते भएका मोटरसाइकलका चालक धादिङको धुनिबेंसी नगरपालिका ७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस