पनौतीको मुक्तिनाथ मन्दिरमा प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान हुदै

रुपक महत
२०७९ चैत्र २४, शुक्रबार मा प्रकाशित १२७९ पटक पढिएको
पनौतीको मुक्तिनाथ मन्दिरमा प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान हुदै

चैत २४, काभ्रे। पनौती नगरपालिका वडा नम्बर-५ बाँसघारी, सुब्बागाउँमा रहेको मुक्तिनाथ मन्दिरको प्रथम व्रह्मोत्सव चैत ३० देखि २०८० वैशाख २ गतेसम्म मन्दिर परिसरमा हुने भएको छ।

आज मन्दिर प्रांगणमा आयोजित पत्रकार सम्मेलनमा यहि चैत ३० गतेदेखि वैशाख २ गतेसम्म हुने विभिन्न पुजा तथा आराधनाका बारेमा जानकारी गराईएको छ।

व्रह्मोत्सवको अवधिमा चैत ३० गते विष्वक्सेन आराधना, पुण्याहवाचन, अङ्करारोपण, ब्राह्मणवरण, अग्नि प्रतिष्ठा, ध्वजारोण गरिनेछ भने नयाँ वर्षका दिन वैशाख १ गते द्वारतोरणपुजनम, चतुस्थानार्चन, नित्य होम, निय पूर्णाहुति गरिनेछ। मध्यान्ह १२ बजेपछि श्रीदेवी, भूदेवी वल्लभ श्री मुक्तिनाथ भगवानको यात्रोत्सवका लागि नगर परिक्रमा गराइने प्रथम व्रह्मोत्सव धार्मिक अनुष्ठान मूल व्यवस्थापन समितिका संयोजक राजेन्द्र थापाले बताउनुभयो। यस्तै उहाँले वैशाख २ गते नित्य पूजा, पूर्णाहुति सके पछि मध्यान्ह १२ बजे देखि १०८ कलशद्वारा श्रीदेवी, वल्लभ मुक्तिनाथ भगवानको महाभिषेक, पुष्पयागम, द्धाद्धशाराधना, सप्तावरणम, ध्वजारोहण, सम्भावना गरिने बताउनुभयो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले २०७३ साल मसिर २ गतेबाट मन्दिर निर्माणका लागि संस्थापक अध्यक्ष गोपालबहादुर थापाले सप्ताह मार्फत कार्य प्रारम्भ गर्नु भएको थियो । २०७४ असोज २५ गते स्वामी कमलनयनाचार्यद्वरा शिलान्यास गरिएको मुक्तिनाथ मन्दिर निर्माण कार्य कोरोना भाइरसका कारण ४ वर्ष पछि धकेलिएको थियो ।

कार्यक्रममा  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार थापा, मूल समारोह समितिका संयोजक राजेन्द्र थापा, प्रचार-प्रसार समितिका संयोजक भोला थापा, राधव सिं थापा तथा समितिका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस