कोरोना निको भए पनि संक्रमण दोहोरिन सक्ने ‘डब्लूएचओ’ काे चेतावनी

नौलो समाचार संवाददाता
२०७७ बैशाख १३, शनिबार मा प्रकाशित ६७८ पटक पढिएको
कोरोना निको भए पनि संक्रमण दोहोरिन सक्ने ‘डब्लूएचओ’ काे चेतावनी

बैशाख १३, जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नोभेल कोरोना भाइरस ठिक भएपछि फेरि पनि संक्रमण हुनसक्‍ने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, “कोरोना भाइरसको संक्रमणको उपचारपछि ठिक भएका व्यक्तिको शरीरमा भएको एन्टिबडीले फेरि संक्रमणबाट बचाउन सकिने कुनै प्रमाण हालसम्म फेला परेको छैन ।”

विश्व स्वास्थ्य संगठनले एन्टीबडी रेस्पोन्सको अध्ययन गरिरहेको समेत बताएको छ ।

केही समयअघि कोरोना भाइरसको उपचारपछि ठिक भएका व्यक्तिहरुमा फेरि संक्रमण हुन नदिन भाइरस परास्त गर्ने एन्टिबडी विकसित हुने सम्भावना रहेको बताइएको थियो । तर, अहिले यसको कुनै प्रमाण फेला नपरेकाले फेरि संक्रमण दोहोरिनसक्‍ने बताइएको हो ।

यसअघि चीन र दक्षिण कोरियामा कोरोना भाइरसको उपचारपछि ठिक भएका केही व्यक्तिहरुमा पुन: कोरोना संक्रमण भएको पाइएको थियो । चीनको वुहानबाट सुरु भएको यस भाइरसको पुन: संक्रमण दर ३ देखि १० रहेको यसअघि चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस