महोत्तरीमा पेस्तोल देखाएर बैंकबाट ३५ लाख लुटपाट

नौलो समाचार संवाददाता
२०८० जेष्ठ १६, मंगलबार मा प्रकाशित १४३२ पटक पढिएको
महोत्तरीमा पेस्तोल देखाएर बैंकबाट ३५ लाख लुटपाट

जेठ १६, काठमाडौं। महोत्तरीको महोत्तरी बजारमा एनएमबी बैंकको शाखामा लुटपाट भएको छ।

आज मङ्गलवार दिउँसो सााढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२ महोत्तरी बजारको एनएमबी बैंकको शाखामा नचिनेका मानिसको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ।

४ जनाको समूहमा आएका लुटेराले पेस्तोल देखाएर लाइनमा बसेका सेवाग्राही र बैंकको काउन्टरबाट झन्डै ३५ लाख रुपैयाँ लुटेका महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले बताउनुभयो।

सीसीटीभीमा देखिएको फुजेटअनुसार लुटेराले ढुक्कसँग लुटपाट गरेका छन्।

सीसीटीभीमा स्पष्ट दृश्य देखिएको र उनीहरूले मुकुण्डो नलगाएकाले चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ।

प्रतिक्रिया दिनुहोस