असार ३, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रेको भवनको तला थपका लागि बागमती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा महासंघलाई २० लाख बजेट छुट्याएको महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी दिनुभयो।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले प्रस्तुत गरेको बजेट भाषणमा पत्रकार महासंघ काभ्रेलाई उक्त बजेट छुट्याइएको हो।
अध्यक्ष तिमल्सिनाले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबै व्यक्ति र संस्थाहरुमा सिंगो कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ।
बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०८०/८१ का लागि ६२ अर्ब ७८ करोड ९० लाख बजेट बिनियोजन गरेको छ।












प्रतिक्रिया दिनुहोस