धुलिखेलमा मिनी ट्रकको ठक्करबाट मोटरसाकल चालकको मृत्यु

नौलो समाचार संवाददाता
२०८० श्रावण ३१, बुधबार मा प्रकाशित ३८७ पटक पढिएको
धुलिखेलमा मिनी ट्रकको ठक्करबाट मोटरसाकल चालकको मृत्यु

साउन ३१, काभ्रे। अरनिको राजमार्गमा अन्तर्गत धुलिखेलनको मिरावेल चोकमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाकल चालक प्यूठान जिल्लाको धर्मवती गाउँपालिका वडा नम्बर ७ का २७ वर्षीय सुरज गिरी रहेको प्रहरीले जनाएको छ ।

बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको रा ७ प ७२५५ नम्बरको मोटरसाइकलाई बनेपातर्फ जाँदै गरेको बा २ ख २०१९ नम्बरको मिनिट्रकले ठक्कर दिएको थियो ।

मिनिट्रकको ठक्करबाट गम्भीर घाइते भएका गिरीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

हिजो पनि भैँसीपाटीमा मोटरसाईकल दुर्घटनामा परि धुलिखेल नगरपालिका वडा नम्बर ८ का २२ बर्षीय अभिषेक न्यौपानेको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस