ताम्राकारको मिराज कथाङ्ग्रहको अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८० भाद्र २३, शनिबार मा प्रकाशित ३१५ पटक पढिएको
ताम्राकारको मिराज कथाङ्ग्रहको अन्तरक्रिया

भदौ २३, काभ्रे। काथाकार ध्रुबकृष्ण ताम्राकारको नवीनतम् कथासङ्ग्रह मिराजको अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ ।

अक्षरमार्गको आयोजनामा भएको सो कार्यक्रममा मिराज कथासङ्ग्रहका बारेमा विभिन्न साहित्यिक व्यक्तित्वहरूले आ–आफ्ना पवचार व्यक्त गरेका थिए ।

कथाकार सूर्यप्रसाद लाकोजूले मिराजमाथि आफ्नो धारण राख्दै भने, ‘ मिराज आम नेपालीको कथा हो । नेपाली समाजमा हुने गरेका घटनाहरूलाई कलात्मक ढङ्गले कथाहरू उनिएका छन् । यस कारण कथाहरू पठनीय छन् । कथा सरल र सरस छन् ।’ अर्का साहित्यकार रामसुन्दर देउजाले मिराजभित्रका कथाहरू यथार्थबादी सामाजिक कथा भएको प्रतिक्रिया दिए ।

 

पुस्तकको लेखन, पृष्ठभूमि आदिका बारेमा कथाकार ध्रुबकृष्ण ताम्राकारले प्रकाश पारेका थिए । मिराज कथासङ्ग्रहमाथि नेवा पत्रकार राष्ट्रिय दबू काभ्रेका अध्यक्ष सोमकाजी शाक्य, कवि पुरुषोत्तम ताम्राकार लगायतले पाठकीय टिप्पणी गरेका थिए ।

ध्रुबकृष्ण ताम्राकार लामो समयदेखि नेपाली र नेपाल भाषामा कलम चलाउँदै आएका काभ्रेली स्रस्टा हुन् । पनौतीको माटोमा अक्षरको कर्म गर्दै आएका उनले नेपाली साहित्यको कविता, गीत र कथा विधामा कलम चलाउँदै आएका छन् । उनका हालसम्म प्रारम्भ र हृदयका उद्गार कवितासङ्ग्रह, भावनाका उत्सर्गहरू गीतसङ्ग्रह, आँशुको कथा र मिराज कथासङ्ग्रह प्रकाशित छन् ।

त्यस्तै मनको बह र भीडमा म एक्लै नामक गीति अल्वम पनि प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस