रोशीमा खानेपानीका ६ नयाँ आयोजना सञ्चालन हुने

नौलो समाचार संवाददाता
२०८० आश्विन १५, सोमबार मा प्रकाशित १२७१ पटक पढिएको

रोशीमा खानेपानीका ६ नयाँ आयोजना सञ्चालन हुने

रोशी । रोशी गाउँपालिकामा खानेपानीका ६ नयाँ आयोजना सञ्चालन गर्न द्वीपक्षीय सम्झौता भएको छ । रोशी गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच खानेपानी तथा सरसफाइ आयोजना सम्वन्धी सम्झौता भएको हो ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष दिनेश लामा र नेवाको तर्फबाट बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । वडा नं १२ मा २ वटा, वडा नं १० मा २ वटा र वडा न १ मा २ वटा गरी ६ खानेपानी आयोजना सञ्चालन गर्ने समझदारी छ । ती आयोजनाबाट ३ सय ९८ घरधुरी, ३ विद्यालय र १ स्वास्थ्य संस्थाका २ हजार ९ सय ६२ जना लाभान्वित हुनेछन् । ३ वटा वडामा २ हजार ४ सय ५३ धारा निर्माण हुनेछ । ३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट अनुमान गरिएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउपालिका प्रवक्ता वसन्तकुमार लामा र नेवाका प्रतिनिधिहरू सहभागी थिए ।






प्रतिक्रिया दिनुहोस