जाजरकोट भुकम्प : हालसम्म एक सय २८ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०८० कार्तिक १८, शनिबार मा प्रकाशित ९३५ पटक पढिएको

जाजरकोट भुकम्प : हालसम्म एक सय २८ जनाको मृत्यु
तस्वीर: सामाजिक सन्जाल

काभ्रे / जाजरकोट केन्द्रविन्दु बनाएको भुकम्पमा परि हालसम्म १ सय २८ जनाले ज्यान गुमाएका छन् । दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्प गएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली सेनाका स्वास्थ्यकर्मी सहित भुकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् भने नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलि खोज तथा उद्धारमा खटिएको छ ।






प्रतिक्रिया दिनुहोस