बनेपा \ राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिताको १५ औं संस्करण शुक्रवारबाट शुरु भएको छ ।
स्थानीय तह स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरुको सहभागितामा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगितामा भलिवल, कवड्डी, कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाइवाले जानकारी दिए ।
उनका अनुसार, तेमाल बाहेक १२ स्थानीय तहका विभिन्न विद्यालयका करिब १ हजार विद्यार्थी सहभागी छन् ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रतियोगिता उद्धघाटन गर्दै खेलकुद विना अनुशासित समाज निर्माण गर्न नसकिने तर्क गरे । प्रदेशले खेलकुदको विकासको लागि नीति र कार्यक्रम अघि सारेको भन्दै प्रदेशस्तरीय दुइवटा प्रतियोगिता सञ्चालन गरिसकेको बताए ।












प्रतिक्रिया दिनुहोस