सदस्यको रकम अपचल गर्ने बनेपाको युनिटी सहकारी सञ्चालक पक्राउ

नौलो समाचार संवाददाता
२०८१ अषाढ १७, सोमबार मा प्रकाशित ५३० पटक पढिएको

सदस्यको रकम अपचल गर्ने बनेपाको युनिटी सहकारी सञ्चालक पक्राउ

बनेपा / सदस्यको करिब ३ करोड अपचलन गर्ने बनेपास्थित युनिटी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पक्राउ परेका छन् ।

सदस्यको २ करोड ८३ लाख ११ हजार १६४ रुपैयाँ ठगि गरेको भन्दै साकोसका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष निरज राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो बचत फिर्ता नपाएपछि सहकारीका ३० सदस्यले प्रहरीकोमा उजुरी दिएका थिए ।

पक्राउ गरी ठगि मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस