बनेपा / मंगलबार राती परेको अविरल बर्षाका कारण बनेपा, धुलिखेल र पनौतीका विभिन्न स्थान जलमग्न भएका छन् ।
बनेपाको पुलबजार र आसपासको वस्ती, धुलिखेल ५, श्रीखण्डपुर र पनौती ५, छालाकारखाना आसपासको क्षेत्र जलमग्न भएको हो ।

अरनिको राजमार्गको पुलबजार खण्ड अवरुद्ध हुँदा सवारीसाधनहरु रोकिएका छन् ।

श्रीखण्डपुर क्षेत्रमा धेरै धान खेतमा पुण्यमाता खोला पसेको छ । साँघुरो पुल, अव्यवस्थित प्लटिङ र मापदण्ड मिचेर सञ्चालनमा रहेको क्रसरका कारण वहाव रोकिदा खोला वस्ती र खेतमा पसेको हो ।






प्रतिक्रिया दिनुहोस