जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धमा जिल्ला सहकारी संघले दियो तालिम

नौलो समाचार संवाददाता
२०८१ फागुन २५, आईतबार मा प्रकाशित २९६ पटक पढिएको
जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धमा जिल्ला सहकारी संघले दियो तालिम

बनेपा /  जिल्ला सहकारी संघ काभ्रेपलाचोकले सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरुको लागी जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण सम्बन्धी तालिम दिएको छ ।

शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिको संयोजनमा भएको तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्री श्यामकृष्ण दाहालले सहजीकरण गरेको उपसमिति संयोजक शान्ती लामा तामाङले जानकारी दिइन् ।

तालिममा संघको संचालक समिति, प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठसहित कर्मचारी र सहकारी सस्थाबाट ४७ जनाको सहभागीता थियो ।

जिल्ला सहकारी संघका अध्यक्ष अमन पोट श्रेष्ठले बार्षिक कार्ययोजना अन्र्तगत तालिम आयोजना गरिएको भन्दै यसलाई निरन्तरता दिने बताए । तालिमबाट सिकेका ज्ञान र सिपे कार्य क्षेत्रमा सदुपयोग गर्न पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस