राष्ट्रिय सहकारी दिवसमा काभ्रेमा विभिन्न कार्यक्रम, मंगलबार मैत्रीपूर्ण फुटसल

नौलो समाचार संवाददाता
२०८१ चैत्र १८, सोमबार मा प्रकाशित ४२९ पटक पढिएको

राष्ट्रिय सहकारी दिवसमा काभ्रेमा विभिन्न कार्यक्रम, मंगलबार मैत्रीपूर्ण फुटसल

बनेपा / राष्ट्रिय सहकारी दिवस काभ्रेमा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ ।

जिल्ला सहकारी संघले ६८ औं राष्ट्रिय सहकारी दिवसमा मैत्रीपूर्ण फुटसल, वृक्षारोपण, रक्तदान लगायतका विभिन्न कार्यक्रम गर्न लागेको अध्यक्ष अमन पोटे श्रेष्ठले जानकारी दिए ।

‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा मंगलबार सहकारी संस्थाविच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ । संघका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठका अनुसार, प्लेयर्स फुटसल, बनेपा वडा नं ४ नालामा हुने खेलमा २८ टिमले सहभागिता जनाएका छन् ।

चैत्र २० गते बुधवार झण्डोत्तलनका साथै संघको कार्यालय परिसरमा वृक्षारोपण र रक्तदान गरिनेछ । फुटसलको पुरस्कार वितरण सोही दिन कार्यक्रममा वितरण गरिनेछ ।






प्रतिक्रिया दिनुहोस