बनेपा / नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका बनेपा नगरपालिका वडा नम्बर १ का मिठाराम दुलाल नेपाली कांग्रेसमा नै फर्किएका छन् ।
कांग्रेसमा रहँदा वडा नम्बर १ का सभापति रहेका दुलाल एकीकृत समाजवादीको बनेपा नगर कमिटी संयोजक थिए ।
बुधबार जिल्ला पार्टी कार्यालय बनेपामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले उनलाई पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए ।
सोही कार्यक्रममा महाभारत गाउँपालिका वडा नम्बर ३ फोक्सिङटारका राजन लामा, साजन लामा र मनोज घिसिङले पनि नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।

सभापति लामासहित सचिव गुणराज मुक्तान, माधव ढकाल, प्रवक्ता सन्तमान तामाङ, जिल्ला सदस्य जगत भोम्जन, भोला भट्टराई, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, प्रदेश सभा १ (क) का सभापति राम योञ्जन, कोषाध्यक्ष रमेश तामाङलगायत नेता कार्यकर्ताले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस