पनौती / रोटरी क्लब अफ पनौतीले रोटरी वर्ष २०२५/२६ का लागि यतिराज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको सचिवमा र्इं. विनोद बजगाई, मणिप्रसाद सापकोटा(निवर्तमान अध्यक्ष र डिरेक्टर– क्लब एड्मिन ), राजेशसुन्दर सैंजु (भावी अध्यक्ष), सुबेश ताम्राकार (निर्वाचित अध्यक्ष), कृष्ण प्रसाद सैंजू (उपाध्यक्ष ), मधुसुधन गुरागाईं (कोषाध्यक्ष र डिरेक्टर–इन्भाइरोमेन्ट ), डा. गणेश बञ्जारा (सर्जेन्ट एट आर्मस्), डिरेक्टरहरुमा डा. नारायणचरण श्रेष्ठ (मेम्बरसिप), , प्रा.डा. सुमनराज ताम्राकार (पब्लिक ईमेज), दिपा स्याङतान (सर्भिस प्रोजेक्ट), ई. सितु सैंजु (टिआरएफ) र इन्द्रमणि तिमल्सिना (युथ सर्भिस) छन् ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गर्भनर दिलेन्द्रराज श्रेष्ठ, पनौती नगर प्रमुख रामशरण भण्डारी, एसिस्टेन्ट डिष्ट्रिक गर्भनर रामप्यारी बज्राचार्य, निवर्तमान एसिस्टेन्ट डिष्ट्रिक गर्भनर भुवन कुँवर लगायतको समुपस्थितिमा कार्यसमितिको १० औं पदस्थापन गरिएको हो ।

कार्यक्रममा रोटा वर्ष २०२४÷२५ का अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्नो कार्यकालमा पोलियो नियन्त्रण, रेविज विरुद्धको अभियानका साथै गत असोज १० देखि १२ गतेसम्मको बाढी र पहिरोको कारण सिर्जित विपदको समयमा जिल्लामा अन्य रोटरी क्लवहरुसंग मिलेर काम गरेको प्रगति विवरण प्रस्तुत गरे । रोटा वर्ष २०२५÷२६ का अध्यक्ष यतिराज अधिकारीले आगामी वर्ष अन्य क्लवहरुसंग समेतको सहकार्यमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष मणिप्रसाद सापकोटाले गत वर्ष रोटरी क्लब अफ पनौतीको अध्यक्षको पदभार ग्रहण गर्दाका बखत स्वर्गीय माता पिताको योगदानको स्मरणमा घोषणा गरेको ‘द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मान’ प्रदान गरिएको थियो ।
काभ्रेपलाञ्चोक जिल्ला मा २ हजार ५० गाई र २ सय ७० भैंसीमा कृत्रिम गर्भाधान सेवाबाट गुणस्तरिय पशु प्रजनन सेवा दिए बापत जिल्ला प्रथम हुने बनेपा नगरपालिका वडा नं ५ का पशु सेवा प्राविधिक गोविन्द तिमल्सिना र पनौती नगरपालिका भित्र ९ सय ५० गाई र ३ सय ९० भैंसीमा कृत्रिम गर्भाधान सेवाबाट गुणस्तरिय पशु प्रजनन सेवा दिए बापत पनौती नगरमा प्रथम हुने पशु सेवा प्राविधिक सुभदेव दाहाललाई सम्मान सहित नगद पुरस्कार प्रदान गरियो ।

पहिलो पटक प्रदान गरिएको यो पुरस्कारबाट काभ्रेपलाञ्चोक जिल्लाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जना र पनौती नगरपालिकाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जना सम्मानित भएका हुन् ।
कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गर्भनर दिलेन्द्रराज श्रेष्ठले आफ्नो कार्यकालमा देखिने, स्मरणीय र प्रभावकारी एक कार्यक्रम गर्न कार्यसमितिलाई अनुरोध गरे ।
पनौती नगर प्रमुख रामशरण भण्डारी सामाजिक क्षेत्रमा रोटरी क्लवसंग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा निवर्तमान एसिस्टेन्ट डिष्ट्रिक गर्भनर भुवन कुँवर, संस्थापक अध्यक्ष प्रा.डा. सुमनराज ताम्राकार, पूर्व अध्यक्ष सितु सैंजु, भावी अध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) राजेशसुन्दर सैंजु लगायतले रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस