बनेपा / आदर्श विद्या मन्दिर (एबीएम) स्कुल बनेपाले २०८२ सालमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा १२ उतीर्ण विद्यार्थीलाई विदाई गरेको छ ।
नेपाली भाषा विज्ञ, वरिष्ठ साहित्यकार, कवि एवं सामालोचक प्रा.डा राम प्रसाद ज्ञवाली लगायतले उनीहरुलाई विदाई र स्वागत गरेका थिए ।
प्रिन्सिपल राम प्रसाद तिमल्सिनाका अनुसार, यो बर्ष कक्षा ११ मा १ सय ७२ जना भर्ना भएका छन् भने कक्षा १२ मा १ सय १८ जनामध्ये १ सय १२ जना उतीर्ण भएका छन् । ३० जना विद्यार्थीबाट कक्षा शुरु गरिएको कक्षा ११ मा अहिले ११ सय भन्दा बढी उतीर्ण भइसकेका छन् । गुणस्तर चिन्ह प्रमाणपत्र (आइएसओ ) प्राप्त विद्यालयमा पर्याप्त भौतिक तथा खेलकुद पुर्वाधार रहेको उनले जानकारी दिए ।
प्रा.डा. ज्ञवालीले विद्यार्थीको चाहना अनुसार परिवेश सुहाउँदो शिक्षा आवश्यक भएको बताए । कार्यक्रममा आर्दश बहुमुखी क्याम्पसका प्रमुख तिर्थराज दाहाल, आइएसओका अन्तराष्ट्रिय प्रतिनिधि शैलेन्द्र खरेल, प्राध्यापक भोजराज तिमल्सिना लगायतले शिक्षा क्षेत्र र विद्यालयका गतिविधीबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस