पाँचखालमा ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकले ज्यान गुमाए

नौलो समाचार संवाददाता
२०८२ भाद्र ४, बुधबार मा प्रकाशित २०८ पटक पढिएको

पाँचखालमा ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालकले ज्यान गुमाए
प्रतिकात्मक तस्वीर

पाँचखाल / अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ६, केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकले ज्यान गुमाएका छन् ।

बुधबार बिहान पाँचखालतर्फ आउँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा   कोशीपारितर्फ जाँदै गरेको बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ  घाइते भएका काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरिक्षक प्रशान्त तामाङले जानकारी दिए ।

दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध गरिएकोमा अहिले सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस