सुसन्देश साप्ताहिक स्थापनाको २३ औं बर्षमा, नेत्रवाण डटकम सञ्चालनमा आयो

नौलो समाचार संवाददाता
२०८२ भाद्र ५, बिहिबार मा प्रकाशित ३५९ पटक पढिएको

सुसन्देश साप्ताहिक स्थापनाको २३ औं बर्षमा, नेत्रवाण डटकम सञ्चालनमा आयो

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित सुसन्देश साप्ताहिक स्थापनाको २३ औं बर्षमा प्रवेश गरेके छ । ‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने नारासहित पत्रकार यदुनाथ गौतम (देउपुरे) को नेतृत्वमा शुरु भएको पत्रिकाले २३ औं स्थापना दिवस मनाएको हो ।

बिहिवार धुलिखेलमा आयोजित कार्यक्रममा सोही देउपुरे प्रधान सम्पादक र पत्रिकाका सहसम्पादक चित्रप्रसाद घिमिरे (हरिहर) सञ्चालक गरेको नेत्रवाण डटकम नामक अनलाइन पोर्टल पनि शुभारम्भ गरियो ।

पूर्व सभामुख, पूर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख अग्नीप्रसाद सापकोटाले अनलाइन शुभारम्भ गरे ।

कार्यक्रममा पूर्व सभामुख सापकोटा, प्रतिनिधी सभा सदस्य सुर्यमान दोङ, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, मण्डनदेउपुर नगरपालिका काभ्रेका उपप्रमुख विष्णुमणि नेपाल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा लगायतले मुलुकको परिवर्तनमा सञ्चार माध्यमले खेलेको भूमिकाको चर्चा गर्दै अबको आवस्यकता डिजिटल पत्रकारिता रहेको तर्क गरेका थिए ।

पत्रिकाले मुलुकको परिवर्तनमा योगदान दिएको भन्दै नेकपा (माओवादी केन्द्र) काभ्रेका संयोजक भोला अर्याल, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना र पत्रिकालाई सहयोग गर्ने अमृत अधिकारी, रविन मानन्धर, विपाशना शाक्य लगायत विभिन्न संघसंस्था र व्यक्तित्वलाई सम्मान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस