बनेपामा बक्सिङ क्लव सञ्चालनमा आयो

नौलो समाचार संवाददाता
२०८२ भाद्र ५, बिहिबार मा प्रकाशित ४६६ पटक पढिएको

बनेपामा बक्सिङ क्लव सञ्चालनमा आयो
तस्विर सौजन्य: कृष्ण श्रेष्ठ

बनेपा / काभ्रेपलाञ्चोक जिल्लामै पहिलोपटक बनेपामा बक्सिङ क्लव सञ्चालनमा आएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा चर्चित बक्सिङ खेलाडी तथा ASBC U-22 कास्य पदक विजेता, बक्सिङका राष्ट्रिय खेलाडी रहेका विजय वाटाले बनेपा नगरपालिका वडा नं ७ स्थित संगम मार्गमा आयरन फिस्ट बक्सिङ क्लव सञ्चालनमा ल्याएका हुन् ।

क्लबका संरक्षक हरी बाटाले बक्सिङ खेलप्रति चासो राख्ने युवाहरुलाई लक्षित गर्दै क्लव सञ्चालनमा ल्याइएको भन्दै यसले खेलाडीको क्षमता उजागर, खेलप्रति आकर्षण बढाउनुका साथै प्रतिस्पर्धी खेलाडी उत्पादनमा सहयोग गर्ने बताए।

नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले उद्घाटन गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गर्दै जिल्लामा रहेका बक्सिङ खेलाडी उजागरका साथै प्रतिस्पर्धा मात्रै नभई स्वस्थ जीवनशैलीका लागि समेत खेल जरुरी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले प्रतिस्पर्धी खेलाडी उत्पादनका साथै युवालाई अनुशासित र आत्मविश्वास बढाउन क्लवले मद्दत गर्ने विश्वास लिए ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारी, महासंघका सचिव तथा नेपालको पहिलो ITO पुष्करराज पन्त, कोषाध्यक्ष गौतम सुजखु, निर्णायक धनकुमार मैनाली, प्रकाश थापा मगर, काभ्रेपलाञ्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाइवा, बिबिसि फुटवल क्लवका अध्यक्ष महेशकुमार कर्माचार्य, काभ्रे बक्सिङ संघका सचिव हरि वाटा, होटल व्यवसायी महासंघ नेपालका कोषाध्यक्ष कृष्ण श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम कुमार भालु( मुनाल), प्रशिक्षक कृष्णसुन्दर प्रजापति लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस