धुलिखेल / मूत्रप्रणालीसंग सम्बन्धित प्रोस्टेटको शल्यक्रियाको लागि धुलिखेल अस्पतालले अत्याधुनिक थुलियम लेजर प्रविधि (थुलेप) प्रयोगमा ल्याएको छ ।
अस्पतालमा कार्यरत युरोलोजिस्ट डा. राजन कोजूका अनुसार, करिब डेढ महिनाअघि भित्राएको प्रविधीमार्फत १२ जनाको शल्यक्रिया (अपरेशन) गरिसकिएको छ । शल्यक्रियापछि विरामी छिट्टै घर फर्कन सक्ने र पिसाबथैली आवश्यक नभएको उनले जानकारी दिए ।
डा. राजनका अनुसार, यसअघि पनि लेजर प्रविधीबाटै शल्यक्रिया गर्ने गरिएपनि मोसिलेटर उपकरण नहुँदा लेजर प्रविधिमार्फत फुटाएको पत्थरी पिसाबनलीमार्फत निकाल्दा समस्या हुन सक्थ्यो । पुरानो प्रविधीमा रगतको ढिक्का जम्मा भएर पिसाबनली अवरुद्ध हुने सम्भावना भएपनि थुलेप प्रविधीमा यो कम हुने उनले जानकारी दिए ।
उमेर बढ्दै जाँदा पुरुषमा देखिने प्रोस्टेटको समस्या समाधानको लागि नयाँ प्रविधि उपयोगी र सहज हुने उनले जानकारी दिए ।






प्रतिक्रिया दिनुहोस