बनेपा / धुलिखेल अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. सुविन्द्र कार्कीको अध्यक्षतामा नेपाल चिकित्सक संघको जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
केन्द्रिय अध्यक्ष डा.अनिलविक्रम कार्कीलगायतको उपस्थितीमा भएको भेलाले संघको जिल्ला तदर्थ समिति गठन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा.अरुण गुप्ता, उपाध्यक्षमा डा.अनिल चक्रन्धर, सचिवमा डा.विनोद ढकाल, सह–सचिवमा डा.प्रतिभा पौडेल, कोषाध्यक्षमा डा.सिमान्त लामिछाने र सह–कोषाध्यक्षमा डा.ध्रुर्व कँडेल छन् । सदस्यहरुमा डा.सिप्रला श्रेष्ठ, डा.सगुन अधिकारी, डा.समिर शाक्य, डा.गुञ्जन थापा, डा.राजेन्द्र ताम्राकार र डा. सरोज थापा छन् ।
अध्यक्ष डा. सुविन्द्रले जिल्लामा कार्यरत एक हजार भन्दा धेरै चिकित्सकहरुको पेशागत हकसहितका साथै नागरिक अधिकार र स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्ने बताए ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले संस्थागत र व्यक्तिगत क्षमता विकासका काम संगै राज्यलाई पनि सघाइरहेको बताए ।






प्रतिक्रिया दिनुहोस