नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख शर्माको निधन

नौलो समाचार संवाददाता
२०८२ आश्विन ७, मंगलबार मा प्रकाशित १८२ पटक पढिएको

नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख शर्माको निधन
श्रञ्दाञ्जलीको लागि नमोबुद्ध नगरपालिका परिसरमा राखिएको स्व. टंकप्रसाद (टि.पी.) शर्मा तिमल्सिनाको शव । शवयात्रापछि जगवैजेश्वर घाट भकुण्डेवेशीमा दाहसंस्कार गरिएको थियो ।

भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाका प्रथम नगर प्रमुख टंकप्रसाद (टि.पी.) शर्मा तिमल्सिनाको निधन भएको छ ।

गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते भएर ६० दिनदेखि धुलिखेल अस्पतालमा उपचाररत शर्माको उपचारकै क्रममा मंगलबार विहान ४ बजे निधन भएको थियो । टाउकोमा गम्भीर चोट लागेका उनको दुई पटक मस्तिष्कको शल्यक्रिया भएको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित उनी पार्टीका नगर कमिटीका पूर्व अध्यक्ष समेत हुन् । स्थानीय तहको निर्वाचन अघि उनी तत्कालीन काशिखण्ड, दाप्चा काशिखण्ड (हालको नमोबुद्ध नगरपालिका) मा एमालेको तर्फबाट दलीय संयन्त्र प्रतिनिधी समेत थिए ।

पत्रकारिता र साहित्यमा संलग्न उनी नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका पूर्व सदस्य समते हुने ।

उनको निधनमा दुख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले शोक विज्ञप्ति जारी गर्दै काभ्रेली पत्रकारिता क्षेत्रमा उनको योगदान सदा स्मरणीय रहने जनाएका छन् ।

शर्माको मंगलबार नै जगवैजेश्वर घाट, भकुण्डेवेशीमा दाहसंस्कार गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस