बनेपा / काभ्रे बहिरा बिकास संघको अध्यक्षमा शर्मिला मानन्धर निर्विरोध निर्वाचित भएकी छन् ।
१४ औं अधिवेशनले मानन्धरको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
उपाध्यक्षमा तुलसी तिमल्सिना, महासचिवमा धिरोज अधिकारी, सचिवमा ठूलोभाई तिमल्सिना, कोषाध्यक्षमा दिनेश वादे श्रेष्ठ र सदस्यहरुमा रिता के. सी., अंकिता आचार्य, सिता थापा, कञ्चन मानन्धर, श्याम तामाङ, उद्धव अधिकारी, नेहा श्रेष्ठ र पूर्व अध्यक्ष विर बहादुर बोगटी छन् । निर्वाचन अधिकृत बुद्धरत्न मानन्धरले उनीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए ।
नवनिवार्चित अध्यक्ष मानन्धरले जिल्लामा बहिराहरुको सञ्चारमा समान पहुँच स्थापित गर्न सबै स्थानीय तह र सरकारी निकायमा दोभाषेको व्यवस्था गर्न पहल गर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस