जन चेतना युवा समुहबाट मानव कल्याण समाजलाई सहयोग

नौलो समाचार संवाददाता
२०८२ आश्विन ११, शनिबार मा प्रकाशित २७९ पटक पढिएको

जन चेतना युवा समुहबाट मानव कल्याण समाजलाई सहयोग

धुलिखेल / धुलिखेल नगरपालिका वडा नं ८, बडालगाउँको जन चेतना युवा समुहले मानव कल्याण समाज शंखुपाटीचौरमा रहेका अशक्त, असहाय र जेष्ठ नागरिकलाई खाद्य सामाग्री र लत्ताकपडा सहयोग गरेको छ ।

संस्थाका संस्थापक अध्यक्ष उद्ववप्रसाद बडाल, अध्यक्ष रमेशप्रसाद न्यौपाने, सचिव नवराज बडाल, सदस्यहरु बिष्णुबहादुर भुजेल, पार्वती केसी, आजीवन सदस्य सुरेश बडालसहितको टोलीले मानव समाज कल्याणका प्रतिनिधि सुरेश हुमागाईलाई हस्तान्तरण गरेको हो ।

संस्थाका सदस्य संगिता चौलागाईंले लत्ताकपडा संकलनमा सहायता गरेकी थिइन् ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार, संस्थामा आश्रित ५० जना असहाय, जेष्ठ नागरिकहरुलाई दाताबाट प्राप्त सहयोगकै आधारमा भरणपोषण गरिएको छ ।

समुहले विगत २८ वर्ष देखि जागरण अभियान , समाजिक क्रियाकलाप, जेहेन्दार , गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उपाध्यक्ष रमेश बडालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस