धुलिखेल नगरपालिका वडा नम्वर ४ का ३ सय ५० बालबालिकालाई चंगा उपहार

नौलो समाचार संवाददाता
२०८२ आश्विन १२, आईतबार मा प्रकाशित २१० पटक पढिएको

धुलिखेल नगरपालिका वडा नम्वर ४ का ३ सय ५० बालबालिकालाई चंगा उपहार

धुलिखेल / बडा दशैंमा चंगा उडाउने प्रचलन हराउँदै गएपछि धुलिखेल नगरपालिका वडा नम्वर ४ ले वडाका ३ सय ५० बालबालिका लटाई, धागोसहित चंगा वितरण गरेको छ ।

१० देखि १७ बर्ष उमेरसमूहका बालबालिकालाई चंगा उडाउन सामाग्री प्रदान गरेको वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार, बालमैत्री घोषणा भएको वडामा बालबालिकाका लागि प्रत्यके बर्ष अलग–अलग कार्यक्रम गरिएको छ ।

वडा सदस्यहरु सुना मंग्रान्ति, सजना परियार, वडा कार्यालयका कर्मचारीहरुले वितरण गरेका थिए ।

सोही अवसरमा बडा दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम समेत गरियो ।

कार्यक्रममा बाल क्लव सञ्जाल, स्थानीय युवाहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस