सिंहदरबार गेटमा प्रहरीमाथि आक्रमण गर्ने ४७ चिनियाँ पक्राउ

नौलो समाचार संवाददाता
२०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ३६९ पटक पढिएको
सिंहदरबार गेटमा प्रहरीमाथि आक्रमण गर्ने ४७ चिनियाँ पक्राउ

बैशाख २६, काठमाडौं । सिंहदरबारको गेटमा प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४७ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरु सबैलाई नगर प्रहरीको कार्यालयमा राखिएको छ । आजमात्रै चिनियाँले आफ्नो देशमा फिर्ता जान पाउनुपर्ने माग गर्दै सिंहदरबार गेटमा प्रदर्शन गरेका थिए ।

निषेधित क्षेत्र र त्यसमाथि लकडाउनको समयमा प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा उनीहरु प्रहरीमाथि जाइलागेका थिए । त्यस क्रममा महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका थिए । त्यस क्रममा ४ जना चिनिया नागरिक पनि घाइते भएका थिए ।

प्रदर्शन रोक्न खोज्दा चिनियाँहरु प्रहरीमाथि नै जाइलागेका थिए । यसअघि पनि उनीहरुले स्वदेश फिर्ता जान पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका छन् । उनीहरुलाई के गर्ने भन्नेबारे छलफल भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस