धुलिखेल/ धुलिखेल नगरपालिका वडा नम्वर ४ को प्रगतिशिल बाल क्लव सञ्जालले दिपावली, नेपाल सम्वत्, छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदानसंगै विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।
वडा नं ४ को कार्यालयको सहयोग र सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता बाल क्लव सञ्जाल अध्यक्ष आस्था तामाङले गरेकी थिइन् ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेले मुलुक सुधार्न जेन्जी पुस्ताले चालेको कदमको प्रशंसा गर्दै यसले सुशासनतर्फ अग्रसर गराउने तर्क गरे । सस्कृती संरक्षणको लागि वडाले गरेको सहयोगको सह्राना गर्दै उनले सामाजिक कृयाकलापको लागि सहकार्य गर्न विश्वविद्यालय तयार रहेको बताए ।
वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले बालबालिकाको क्षेत्रमा सहयोग होस् भनेर प्रत्येक बर्ष रचनात्मक काममा सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका पुर्व नगर उपप्रमुख प्रमुख विमला शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, पाँचखाल वडा नं ५ का अध्यक्ष सिताराम ढुंगाना, अटल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल राय, धुलिखेल योग साधना केन्द्रका अध्यक्ष विष्णु शर्मा, समुन्नत पाठशालाका अध्यक्ष देवकृष्ण श्रेष्ठ लगायतले चाडपर्व र संस्कृति संरक्षणका बारेमा तर्क गरे ।
बाल सञ्जाल क्लवकी अध्यक्ष आस्था तामाङले बालबालिकाका कार्यक्रमलाई वडाले गर्दैै आएको सहयोगको प्रशंसा गरिन् ।
प्रतिक्रिया दिनुहोस