दाहाल र अधिकारी दम्पती सम्मानित

नौलो समाचार संवाददाता
२०८२ कार्तिक १, शनिबार मा प्रकाशित २११ पटक पढिएको

दाहाल र अधिकारी दम्पती सम्मानित

बनेपा / सयपत्री राष्ट्रिय सम्मान साहित्यकार प्रा.डा. रामप्रसाद दाहाल र डा. अनन्तप्रसाद अधिकारी दम्पतीलाई प्रदान गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा प्रत्येक बर्ष प्रदान गरिदै आएको सम्मान यो बर्ष दाहाल र अधिकारी दम्पतीलाई यो सम्मान गरिएको हो । सम्मानपत्र, सयपत्रीको माला, दुवोको माला, दोसल्ला र बाटो खर्च पाँच हजार एक नगदसहित सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।

वरिष्ठ साहित्यकार प्रा.डा रामप्रसाद ज्ञवालीले उनीहरुलाई सम्मान गरेका हुन् ।

यसअघि राष्ट्रकवि माधव घिमिरे, कृष्णचन्द्र सिंह प्रधान, रमेश विकल, चित्तरन्जन नेपाली, माधवलाल कर्माचार्य, शेषराज शिवाकोटी, मोहन दुवाल, तुलसी दिवस, मन्जुल, डा. खगेन्द्र लुइटेल, मोदनाथ प्रश्रित, डा. रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, डा. सुरेजराज शर्मा, ज्ञानकाजी मानन्धर, प्राडा अभि, सुवेदी, रामसुन्दर देउजा, प्राडा जीवेन्द्रराज गिरी, प्रभात सापकोटाको दम्पतीलाई यसअघि सम्मान गरिसकिएको छ ।

प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले आफना स्वर्गीय मातापिताको नाममा स्थाापना गरेको सयपत्री रामभक्त भुवनदेवी स्मृति छात्रवृति जनागालमा अवस्थित जनज्योति माध्यामिक विद्यालयबाट २०८१ को एसइई परीक्षामा सहभागी भई उत्कष्ट अंक प्राप्त गर्नेलाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस