धुलिखेल/ क्यान्सरसँग सङ्घर्षरत साइक्लिस्ट हर्क लामाको नेतृत्वमा पाँचथर चिवाभञ्याङबाट बैतडीको झुलाघाटसम्म साइकल यात्रा हुने भएको छ ।
पूर्व–पश्चिम मध्य पहाडी लोकमार्ग हुँदै सन् २०२६ जनवरी १ मा शुरु हुने बृहत साइकल यात्रा साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यमा आयोजना गरेको हो ।
कूल १ हजार ८ सय किमी दुरी पार गर्ने यस साइकल यात्रामा ५२ हजार मिटर भभिखबतष्यल नबष्ल गरिने छ । मेचीदेखि महाकालीका साइकलप्रेमी तथा सहयोगीहरु यात्रामा जोडिने छन् । एक महिनासम्म जारी रहने यस साइकल यात्रामा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिने छ । कतिपय स्थानमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिने छ । स्थानीय संघसंस्थाले आफ्नो क्षेत्रमा विविध कार्यक्रमको आयोजनासहित यस यात्रालाई सहयोग गर्न सक्ने छन् । जो कोहि व्यक्ति सहभागी भई यस यात्रालाई उत्सवमयी बनाउन र आफ्नो गक्ष्य अनुसार कोषमा मुष्ठीदान गर्न आव्हान गरिएको छ ।साइकल यात्राबाट प्राप्त रकम क्यान्सर विमारी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने संयोजक तारालाल श्रेष्ठले जानकारी दिए ।
सन् २०२० मा हर्कको पिसाव थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा पनि उनले पहिलेझै सक्रिय साइक्लिङलाई निरन्तरता दिएका थिए । उपचार पश्चात पनि साइकल प्रतियोगिताहरु जित्दै आइरहेका उनी अन्तर्राष्ट्रिय साइकल प्रतियोगितामा समेत सहभागी भइरहन्छन् । अफ्रिकामा आयोजित संसारकै सबैभन्दा विशाल साइकल प्रतियोगिता ऋबउभ भ्उष्अ–२०२५ मा सहभागी भएका उनी नेपालका उच्च हिमालहरुमा साइक्लिङ टुर गर्ने एक अगुवा साइक्लिस्ट हुन् । सन् २०१६ देखि निरन्तर साइकल प्रतियोगिताहरुमा सहभागी उनी क्यान्सरसँग सामना गर्दै राष्ट्रिय प्रतियोगिताहरुदेखि थ्बप ब्ततबअप जस्ता साहसिक अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा विजयी बन्दै आएका छन् ।
स्तन क्यान्सरको तेस्रो चरणबाट उठेर साइकलमार्फत सक्रिय सकारात्मक जीवनशैली अपनाई आएकी कविता चित्रकार हर्क लामासँगै उक्त साइकल यात्रामा सहभागी हुनेछिन् । उनले संसारकै उच्चतम हिमालमा आयोजना गरिने अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता थ्बप ब्ततबअप–२०२५ मा सहभागी भइ अन्नपूर्ण सर्किट थोरोला पास यात्रा सम्पन्न गरेकी थिइन् । नेपाली महिला साइकल समुदाय माझ कविता चित्रकार एक नमुना साहसिक नवसाइक्लिस्टको रुपमा परिचित छिन् । जन्मदिने आमा र दिदी दुबै उनको काखमै क्यान्सरका कारण वितेको यथार्थ भोगेकी कविताले आफू पनि क्यान्सरको अन्तिम स्टेजमा पुगेको यथार्थ सामना गर्न असमर्थझै बनेको अवस्थामा साइकलको सहाराबाट नयाँ जीवन पाएको बताउँदै आएकी छिन् । साइकल मार्फत कविताको जीवनमा देखिएको परिवर्तनबाट उनको उपचारमा संलग्न चिकित्सकहरु समेत उत्साहित छन् । नियमित साइक्लिङलाई नै जीवनको सबैभन्दा अमूल्य जीवनशैली बताउँदै आएकी उनी यस यात्रामार्फत क्यान्सरसँग संघर्षरत मानिसलाई सक्दो सहयोग जुटाउन उत्सुकताका साथ सहभागी हुँदै छिन् । बाँकी जीवन आफूमा जस्तै अरुमा पनि सकारात्मक उर्जा भर्न उनी यस साइक्लिङ यात्राप्रति समर्पित छिन् ।
एक तथ्याकं अनुसार, नेपालमा वार्षिक २२ हजार भन्दा बढी क्यान्सर रोगी थपिन्छन् । करिब १५ हजार नागरिक वर्सेनी क्यान्सरबाट मृत्यु वरण गर्छन् । जवकि अधिकांश क्यासर रोकथाम वा उपचार योग्य मानिन्छ ।
प्रतिक्रिया दिनुहोस