डा. सुमनको  ‘अर्बुद मन्धनः दीर्घ जीवन’ पुस्तक सार्वजनिक

नौलो समाचार संवाददाता
२०८२ कार्तिक १२, बुधबार मा प्रकाशित २६९ पटक पढिएको

डा. सुमनको  ‘अर्बुद मन्धनः दीर्घ जीवन’ पुस्तक सार्वजनिक

धुलिखेल/ चिकित्सक पेशासंगै लेखनमा उतिकै सकृयप्राध्यापक डा. सुमनराज ताम्राकारको १८ औं कृति  ‘अर्बुद मन्धनः दीर्घ जीवन’ सार्वजनिक भएको छ।

विभिन्न क्यान्सर रोगको लक्षण, पहिचान र निवारणबारे सरल भाषामा लेखिएको उनको कृति बुधवार एक कार्यक्रमविच धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजू श्रेष्ठले सार्वजानिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै डा. माकाजूले क्यान्सर रोग लाग्नुभन्दा अगाडि नै बुझेर रोकथाम गर्न सकिने र लागिहालेमा कसरी निदान गर्न सकिन्छ भन्नेबारे पुस्तकमा पढ्न पाइने उल्लेख गर्दै   क्यान्सर रोग निदानमा पुस्तक सहयोगी हुने  अपेक्षा गरे ।

 नेपालीहरुलाई अधिकतर लाग्ने विभिन्न क्यान्सर रोगहरुबारे विस्तृतमा निकै सरल तवरले व्याख्या गरिएको लेखक डा . सुमनले जानकारी दिए । उनका अनुसार, क्यान्सरसम्बन्धी अन्य नेपाली पुस्तकहरू भन्दा यसमा मेडिकल शब्दावली र अंग्रेजी शब्दावलीलाई भरसक कम गरिएको छ । एकाध त्यस्ता शब्दावलीलाई पनि बुझिने गरि प्रष्ट्‌याइएको छ । विषयगतरूपमा अङ्ग विशेषका क्यान्सर समस्याबाहेक ती समस्या पत्ता लगाउन प्रचलित पहिचान विधिहरू, उपचारका विविध विकल्पहरुका साथै ती क्यान्सर रोकथामका लागि अवलम्बन गर्नुपर्ने महत्वपूर्ण जानकारी पनि समेटिएको उनले जानकारी दिए ।

यस अघि स्वास्थ्य, शिक्षा, संस्कृति सम्वन्धी १७ वटा पुस्तक प्रकाशित गरिसकेका डा. सुमनले योसहित यस वर्षमा तीनवटा पुस्तक प्रकाशन गरिसकेका छन्।

स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा समेत समसामयिक लेख प्रकाशन गरेका उनी धुलिखेल अस्पतालका प्रेस संयोजक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस