लिपुलेकमा भारतले सडक बनाएकोप्रति संसदीय समितिको चासो, छलफलका लागि मन्त्रीहरुलाई बोलाइयो

नौलो समाचार संवाददाता
२०७७ बैशाख २७, शनिबार मा प्रकाशित ४४१ पटक पढिएको
लिपुलेकमा भारतले सडक बनाएकोप्रति संसदीय समितिको चासो, छलफलका लागि मन्त्रीहरुलाई बोलाइयो

बैशाख २७, काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले नेपाली भूमिमा सडकको ट्रयाक बनाउन सुरु गरेकोप्रति चासो देखाउँदै छलफलका लागि मन्त्रीहरुलाई बोलाएको छ ।

भारतले नेपाली भूमि कालापानी–लिपुलेक हुँदै मानसरोवरसम्म जाने बाटो बनाउन सुरु गरेको प्रति चासो देखाउँदै संसदीय समितिले गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रीलाई छलफलका लागि बोलाएको हो ।

समितिको बैठक भाेेेलि (आइतबार) बिहान ८ बजेका लागि बोलाइएको र गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई सो बैठकमा उपस्थित हुन भनिएको समिति सभापति पवित्रा निरौला खरेलले देश सञ्चारलाई जानकारी दिएकी छन् ।

नेपाली भूमि मिचिएकोबारे सरकारको धारणा माग्न र आवश्यक निर्देशन दिनका लागि बैठक बोलाइएको उनले बताइन् ।

भारतका गृह मन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक कालापानीहुँदै चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस