नेपाली कांग्रेसले बढायो निर्वाचन गतिविधि, खानीखोला -काठमाडौँ सम्पर्क समितिले गर्यो अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८२ माघ १०, शनिबार मा प्रकाशित ३३१ पटक पढिएको

नेपाली कांग्रेसले बढायो निर्वाचन गतिविधि, खानीखोला -काठमाडौँ सम्पर्क समितिले गर्यो अन्तरक्रिया

काठमाडौँ / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारी स्वरूप नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले विभिन्न गतिविधि अघि बढाएको छ।

प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरेलगत्तै कांग्रेसले विभिन्न भेला, बैठक, अन्तरक्रियालाई तीव्रता दिएको हो ।

शनिबार काठमाडौँमा नेपाली कांग्रेस खानीखोला-काठमाडौँ सम्पर्क समितिले अन्तरक्रिया गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गणेश लामाले पार्टी एक ढिक्का भएको भन्दै कांग्रेस र यसको उम्मेदवारलाई जिताउन सबै आफ्नो ठाउँमा लाग्नुपर्ने बताए । जिल्ला उपसभापति रमेश प्रसाद हुमागाईंले नेपाली कांग्रेस काभ्रेपलाञ्चोक दुवै निर्वाचन क्षेत्रमा जित हाँसिल गर्ने गरी लागिरहेको बताए ।

पार्टी जिल्ला सचिव समेत रहेका प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार गुणराज मुक्तानले खालीखोलाको विकासको लागि सधैँ चिन्तित रहेकाले निरन्तर लागिरहने बचाए । महासमिति सदस्य सार्कीमान बल ले खानीखोलाबाट काठमाडौँका विभिन्न स्थानमा पेशा व्यवसायका लागि आएका नगरेको समस्या समाधानलाई सदैव तयार रहेको बताए ।

नेपाली कांग्रेस खानीखोलाका सचिव क्षेत्र वाईवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जति सक्दो धेरै मत दिन सबै लाग्नुपर्ने बताए।






प्रतिक्रिया दिनुहोस